प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारका लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकबारे कुनै औपचारिक जानकारी नआएको एमालेले बताएको छ।
एमाले उप महासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत बैठकबारे जानकारी नआएको बताएका हुन्। औपचारिक जानकारी नै नआएको बैठकमा सहभागी हुने कुरा नै नहुने उनले बताएका छन्।
प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।