सेती अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।