धनगढीको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुईजना प्रहरी निलम्बित

धनगढीको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुईजना प्रहरी निलम्बित

धनगढी । धनगढीमा मोबाइल चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका छन् । ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोप लागेका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बन परेका हुन् ।

उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए । उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

मुद्धाको अन्तिम फैसला नहुदा सम्मको लागि निलम्बन गरिएको उनले बताए ।  लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा चेकजाँच गर्न गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।