जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण

जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ ।

प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको छ ।