शनिबार सेती प्रयोगशालामा थप १७६ जनामा कोरोना पुष्टि

शनिबार सेती प्रयोगशालामा थप १७६ जनामा कोरोना पुष्टि

धनगढी । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८२ नमुना परीक्षण गर्दा थप १७६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने एक जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा १४ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।