श्रीमतीमाथि तरवार प्रहार गरी हत्या

धनगढी खबर    

श्रीमतीमाथि तरवार प्रहार गरी हत्या
फाइल तस्विर

सुनसरीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



शनिबार ०८, माघ २०७८ ०४:२१ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस