नेपालमा थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

नेपालमा थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलब ७ रहेको छ ।