नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु

नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु

नेपालमा एकैदिन थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार एकै दिन १६ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ ।