हिन्दु राष्ट्र र राजसंस्था हटाउन स्वीकार्य छैन : कमल थापा

हिन्दु राष्ट्र र राजसंस्था हटाउन स्वीकार्य छैन : कमल थापा

निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई पत्र काटेको छ ।

आयोगले दिएको ४ बुँदे निर्देशनको पहिलो बुँदामा विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र तथा राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएको उल्लेख छ ।

पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । आयोगको निर्देशन नेपालको संविधान तथा प्रजातान्त्रिक व्यवस्थाको खिलाफमा भएको उनको टिप्पणी छ ।

सामाजीक संजालमा उनले लेखेका छन् , ‘निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ‘गाई’हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ ।