हिंसा भड्काउने मन्त्री यादवको अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ

हिंसा भड्काउने मन्त्री यादवको अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहोर्‍याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ ।

युवा संघका संयोजक महेश चौलागाईंले आइतबार मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकताविरुद्ध एकजुट हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

साथै उनले केन्द्रको निर्देशन रहेको भन्दै कोभिड संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरेर सबै जिल्लाहरुमा जुलुस, सभा, पुत्ला दहन लगायतका कार्यक्रम गर्न बागमती प्रदेश मातहतका सम्पूर्ण कमिटीलाई निर्देशन दिएका छन् ।