गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा स्थगित गरेको छ ।

आइतबार सूचना जारी गर्दै नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण देखिएकाले नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ । सोही कारण माघ ९ गतेदेखि १५ गतेसम्म नगरपालिकाले कार्यालय बन्द हुने जानकारी दिएको छ।

सो अवधिमा सरसफाई, स्वास्थ्य र दमकल लगायतका अत्यावश्यक सेवा भने सुचारु रहने प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले बताए।