स्थानीय तहको चुनावमा अलमल र धोकाधडी स्वीकार्य हुदैन:नेकपा एमाले

स्थानीय तहको चुनावमा अलमल र धोकाधडी  स्वीकार्य हुदैन:नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले संविधानका धाराको अपव्याख्या गरे सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन पर धकेल्दै लोकतन्त्रको मर्ममा प्रहार गर्न तयार रहेको आरोप लगाएको छ ।

गठबन्धनले चुनाव सार्ने योजना अन्तर्गत छलफल गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्य जारी गर्दै कुनै पनि हालतमा समयमै स्थानीय तहको चुनाव हुनुपर्ने उल्लेख गरेका छन् । स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमाले को स्पष्ट दुविधा रहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैनु ओलीले भनेका छन् ।