होटलमा बन्धक बनाएर एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

होटलमा बन्धक बनाएर एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरिएको छ । शनिवार साँझ ती महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी जनर्दन जिसिले रातोपाटीलाई बताए ।

इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई ३ आरोपीहरुले ‘बहिनीको घरमा छाडिदिन्छौँ’ भनेर प्रदेश–२–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर ‘श्रेष्ठ होटल एण्ड फेमिली लज’मा लगेका थिए ।

सो होटलमा उनीहरुले बलात्कार गरेको प्रहरीको भनाई छ । बलात्कारमा संलग्न रहेको आरोपमा होटल संचालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरिएको एसपी जिसीले बताए । घटनामा संलग्न दुई जना फरार छन् ।