एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जना एकीकृत समाजवादीमा प्रवेश

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जना एकीकृत समाजवादीमा प्रवेश

धनगढी ।  नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकार सहित ५ जना नेकपा (एकीकृत समाजवादीमा ) समाहित भएका छन् । विगत लामो समय देखी कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता तिल बहादुर साउँद सहितकाले नेकपा एस रोजेका हुन ।

आइतबार धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरीमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता दीर्घ सोडारीले खाँदा दोसल्ला ओढाएर समाहित गराएका हुन । यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल, लाल बहादुर धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति नेकपा (एस) मा मात्रै भएकाले यो पार्टी रोजेको तिल बहादुर साउँदले बताए ।

यस्तै उनीहरुलाई पार्टीमा स्वागत गर्दै कैलाली इञ्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टीप्रति आकर्षण बढेको बताएका छन् । प्रवेशीहरुको लहर चलेको समाजवादी अभियानमा आउने जोसुकै लाई उचित जिम्मेवारी दिइने बताए ।

यस्तै समाहित कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम इञ्चार्ज गरिमा शाहले केपी ओलीको अंहकार र तानाशाही प्रवृतीका कारण पार्टीका पुराना नेता तथा कार्यकर्ता मु्ल पार्टी नेकपा(एस) मै आउने विश्वास गरिन् । कम्युनिष्ट पार्टीमा स्थापित नेताहरू बिस्तारै नेपा एकीकृत समाजवादीसँग जोडिने क्रम जारी छ ।