कैलालीमा १८ वर्ष माथिका ३ लाख बढी नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप, कुन पालिकामा कति ?

कैलालीमा १८ वर्ष माथिका ३ लाख बढी नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप, कुन पालिकामा कति ?

धनगढी । कैलालीमा १८ वर्ष भन्दा माथिका ३ लाख बढी नागरिकले कोरोना भाइरस विरुद्धको पूर्ण खोप पाएका छन् । जिल्ला भरिका ९ लाख ६७ हजार ७ सय २८ जनसङ्ख्या रहेको मा १८ वर्ष माथिका ६ लाख ३४ हजार ६ सय ४४ लक्षित नागरिकहरू मध्ये ३ लाख ८५ हजार १६ जनाले कोरोना भाइरस कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएका हुन् । जसमध्ये पहिलो डोज मात्र प्राप्त गर्ने ४ लाख २३ हजार ५ सय ८ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरसबाट पहिलो र दोस्रो लहरभन्दा हाल सङ्क्रमित हुने दर  वृद्धि भएको छ । ओमिक्रोन भेरिएन्टका कारण कोरोना महामारीको तेस्रो लहर सुरु भइसकेको चिकित्सक हर्को भनाई छ । 

पहिलो लहरको कारक चीनको वुहानमा भेटिएकै कोरोना भाइरस थियो भने दोस्रो लहरको कारक डेल्टा भेरिएन्ट थियो । हाल दक्षिण अफ्रिकाले पत्ता लगाएको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्व नै फेरि एक पटक महामारीको चपेटामा परेको छ । नेपालमा पनि ओमिक्रोन भेरिएन्ट निकै तीव्र गतिमा फैलिरहेको बेला कैलालीमा पनि कोरोना परीक्षण र खोप अभियान तीव्र पारिएको छ । 

जस अन्तरगत कैलालीमा हालसम्म ६०.७ प्रतिशत १८ वर्ष माथिको  जनसङ्ख्याले कोरोनाको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कमा उल्लेख गरिएको छ । कैलाली जिल्लामा  पूर्ण मात्रामा कोरोना खोप लगाउने नागरिकको सङ्ख्या बढ्दो रहेको स्वास्थ्य कार्यालय कैलालीका खोप सुपरभाइजर प्रदीप जोशीले जानकारी दिनुभएको छ । कोरोना विरुद्धमा अहिले जिल्लामा कोभिड सिल्ड, भ्यारोसेल, जोनसन, एष्ट्राजेनिक र फाईजर लगाइँदै गरेको र वैशाख महिना भित्र ६ लाख ३४ हजार ६४४ जनालाई खोप दिने तयारी रहेको जोशीले बताउनुभयो ।  “१८ वर्ष माथिका ६ लाख ३४ हजार ६ सय ४४ लक्ष रहेको मा पहिलो डोज लगाउनेमा ४ लाख २३ हजार ५ सय ६ जना रहेका छन् । भने पूर्ण खोप लगाउनेमा ३ लाख ८५ हजार १६ जना रहेका छन् । हाल हामीले बुस्टर डोज समेत लगाइरहेका छौँ ।” उहाँले भन्नुभयो । 

यस्तै, धनगढी उप-महानगरपालिकामा १ लाख ३ हजार ८ सय ४ जनालाई कोरोना विरुद्धको पुर्ण मात्रामा खोप लगाइएको धनगढी उप-महानगरपालिका स्वास्थ्य शाखाका अहेव दीपक सुनारले जानकारी दिनुभएको छ । “कोभिड सिल्ड २४ हजार १० जना दुवै मात्रा, भेरोसेल ६७ हजार ७ सय ४० र दोस्रो मात्रा ५१ हजार ८६१, एष्ट्राजेनिका १२ हजार १४ र दोस्रो मात्रा ३ हजार ५६९ र जोनसोन ११ हजार ९८१ जनाले खोप लगाएका छौँ ।” सुनारले भन्नुभयो । 

त्यस्तै, हाल सम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको १ लाख २१ हजार ७६१ कोरोना परीक्षणमा २२ हजार १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुकार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, “कोरोनाको सुरुको भेरियन्ट देखी अहिले सम्म प्रयोगशाला बाट १६ सय ४५जना अस्पताल भर्ना भएकोमा २१२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो केही दिन यता प्रयोगशालामा गएर परीक्षण अधिकांश व्यक्तिहरूमा सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । यो क्रम अझै बढ्ने देखिन्छ ।” 

यसै गरी, कोरोना भाइरसको नयाँ भेरीयन्ट देखा पर्दा वंशाणुगत गुणहरू केही परिवर्तन भएर आउने हुँदा सङ्क्रमण गर्ने क्षमता र जटिलताहरूमा केही फरक रहेको सेती प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन फीजिसीयन डा सेरबहादुर कमरको भनाई छ । “भाइरस उही हो । केही वंशाणुगत गुणहरू परिवर्तन भएर आउने हो । भाइरसको पनि प्राकृतिक साइकल हुन्छ । सोही अनुसार गुणहरू फरक भएर आउँदा ओमीक्रोनको नाम दिइएको  छ । यो बालबालिकाहरूमा सङ्क्रमण हुनसक्ने अनुमान गरिएको पनि जटिलता भएर अस्पताल भर्ना भएको केस भने रहेको छैन ।” उहाँले भन्नुभयो । 

कोरोना भाइरस कोभिड-१९ को नेपालमा पहिलो लहर २०७७, साउन १२ गतेदेखि, दोस्रो लहर चैत ४ गतेदेखि र तेस्रो लहर २०७८ पुस १० गतेदेखि प्रभाव देखिएको थियो । जसबाट जोगिनको निम्ति कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर खोप मात्रा लगाउन स्वास्थ्यकर्मी ले आग्रह गरेका छन् ।  

कैलालीका पालिकाहरूमा विभिन्न खोप लगाउने व्यक्तिहरूको विवरण निम्न रहेको छ ।