कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु

कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु

धनगढी । कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका कैलालीका एक पुरुषको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ ।

उनले आइतबार कैलारी गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए ।

खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको आफन्तले बताएका छन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन् ।