नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

नेपालमा थप छ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् १७ हजार ४३७ नमूनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३७७ नमूनाको पीसीआर र चार हजार ६० नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट पाँच हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४१६ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।