पाकिस्तानका रिजवान बने ‘आईसीसी प्लेयर अफ दि इयर’

पाकिस्तानका रिजवान बने  ‘आईसीसी प्लेयर अफ दि इयर’

आईसीसी टी–२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी–२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् । आईसीसीले आइतबार पाकिस्तान विकेट किपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो । 

उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ छ । मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन बनाएका थिए । 

यस्तै आईसीसीले ओमानका जिसन मक्सुदलाई एसोसिएट प्लेयर अफ दि इयर घोषित गरेको छ ।