'तपाईंको मास्क खै ?' भन्दै कैलालीका ट्राफिक प्रमुख सिंह निस्किए सडकमा

'तपाईंको मास्क खै ?' भन्दै कैलालीका ट्राफिक प्रमुख सिंह निस्किए सडकमा

धनगढी । जिल्ला ट्राफिक कार्यालय कैलाली पनि 'तपाईंको मास्क खै ?' भन्दै सडकमा उत्रिएको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कैलाली ट्राफिक प्रहरी पनि 'तपाईंको मास्क खै ?' भन्दै सडकमा उत्रिएको हो ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली पनि सक्रिय भएको छ । कोरोना भाइरसको नयाँ स्वरुप 'ओमिक्रोन' संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमणलाई न्यूनीकरण तथा रोकथाम गर्न सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।

'कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ' भन्ने हेतुले जनचेतनामूलक कार्यक्रम गरिएको उनले बताए । कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सिंह आफैँ सडकमा उत्रिएर मास्क विना हिड्डुल गर्ने र विना मास्क सवारी चलाउनेलाई मास्क वितरण गरेका हुन् ।

धनगढीको ट्राफिक चौराहा, बसपार्क लगायतका स्थानमा मास्क प्रयोग नगरी हिँडडुल गर्ने तथा सवारी साधन चलाउने चालकहरूलाई ५०० थान मास्क वितरण गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । साथै उनले आम सर्वसाधारणहरूलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् ।

मास्क वितरण तथा सचेतनामूलक कार्यक्रममा ट्राफिक प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंह लगायत अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो । पछिल्लो केही हप्ता यता कैलालीमा निरन्तर रुपमा संक्रमणदर उकालो लाग्दै गएको छ ।

May be an image of 5 people, motorcycle, street and roadMay be an image of 2 people, motorcycle and roadMay be an image of 7 people, motorcycle and road