सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

धनगढी । कर्मचारीमा कोरोना देखिएपछि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।

आइतबार सूचना जारी गर्दै मन्त्रालयले अत्यावश्यक बाहेकका सेवा अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको उल्लेख गरेको छ ।

मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भएको र केही कर्मचारीमा मिल्दा जुल्दा लक्षण देखा परेको र उनीहरु हाल आइसोलेनमा रहेको मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।