धनगढीमा मोबाइल चोरी प्रकरण : व्यवसायी भन्छन,'असुरक्षित महशुस गरेका छौं'

धनगढीमा मोबाइल चोरी प्रकरण : व्यवसायी भन्छन,'असुरक्षित महशुस गरेका छौं'

धनगढी । सुरक्षाकर्मीद्धारा नै मोबाइल चोरीको भएको घटनालाई लिएर सुदूरपश्चिम मोबाइल व्यवसाय संघको ध्यानाकर्षण भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी बाटै भएको मोबाइल चोरीको घटनाप्रति संघको ध्यानाकर्षण भएको हो ।

'रक्षक नै भक्षक भएको यो घटनामा हामी मोबाइल व्यवसायीहरुले असुरक्षित महशुस गरेका छौं,' संघका अध्यक्ष सुरेश सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यहि माघ ६ गते लागूऔषधको खानतलासी गर्न आएका प्रहरीले नै धनगढीको ग्लोबल मोबाइल ग्यालेरीमा चोरी गरेपछि असुरक्षित महसुस भएको संघले विज्ञप्तिमार्फत जनाएको हो ।

यो घटनाले व्यवसायीहरुलाई हतोत्साहित बनाएको र पेशाबाट पलायन हुने अवस्था सृजना गरेको संघको ठहर छ । संघले उक्त घटनामा संलग्न प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेको छ ।  दोषीलाई कारबाही नभए कडा भन्दा कडा कदम उठाउन बाध्य हुने संघले चेतावनी दिएको छ ।

No description available.