कैलालीमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

कैलालीमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

धनगढी । कैलालीमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरी फरार भएका हुन् । 

घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए।

उनले आफु घटनास्थलमै रहेको र अभियुक्त भने फरार रहेको बताए। फरारको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको  ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।