हबल्दारसहित सुदूरपश्चिमका ५ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

सेवाबाट हटाउने चेतावनी

धनगढी खबर    

हबल्दारसहित सुदूरपश्चिमका ५ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

धनगढी । नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको हो ।

आज सार्वजनिक सूचना निकालेर प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो । यस्तै सुदूरपश्चिम घर भएका प्रहरी हवल्दार मंगल सिंह कुँवरसहित पाँच जना प्रहरी सम्पर्कविहीन छन् ।

दार्चुलाका महाकाली नगरपालिका १ घर भएका प्रहरी हवल्दार मंगल सिंह कुँवर, बैतडीको दशरथचन्द नगरपालिका ६ का प्रहरी जवान विक्रम महर, बझाङको तलकोट गाउँपालिका १ का सुरेश कुमार दुवाल, बैतडीको मेलौली नगरपालिका ७ का मार्सल जुलम एस.पि र अछामको मंगलसेन नगरपालिका ८ का दिल दिक्षित राज के.सी कार्यालयको सम्पर्कमा छैनन् ।

हप्ता दिनभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ । 



सोमबार १०, माघ २०७८ १२:४२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस