डोटी । डोटीको केआईसिँह गाउँपालिकाकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
केआईसिंह गाउँपालिका – ६ सलेनाकी १८ वर्षीय हरिना भाट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घरबाट झण्डै आठरनौ सय मिटर टाढा रहेको रउताने खोलामा मृत अवस्थामा उनको शव जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
उनले घटनाको थप अनुसन्धानको लागि आफ्नो नेतृत्वमा टोली खटिएको बताए ।