आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरूलाई निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरूलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरूलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त आदेश जारी गरेको बीबीसीले जनाएको छ । यद्यपि रुसले भने युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै आएको छ ।

रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसविरुद्ध उभिएको अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएको थियो ।