मास्क लगाउन आग्रह गर्दै आफै निस्कन्छन् डिएसपी भट्ट, अभियान प्रभावकारी बन्दै

मास्क लगाउन आग्रह गर्दै आफै निस्कन्छन् डिएसपी भट्ट, अभियान प्रभावकारी बन्दै

दार्चुला । दार्चुलामा प्रहरीले सञ्चालन गरेको तपाईँको मास्क खै ? अभियान प्रभावकारी बन्दै गएको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला त्यसको रोकथाम र नियन्त्रण गर्न प्रहरीले मास्क अभियान नै सञ्चालन गरेर मास्कको अनिवार्यतामा जोड दिइरहेको छ ।

बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) मनोहर प्रसाद भट्ट आम जनसमुदायलाई मास्क लगाउन आग्रह गर्दै बजार डुलिरहेका हुन्छन् । "मास्क लगाऔँ, आफू पनि बाचौँ, अरूलाई पनि बचाऔँ" डिएसपी भट्टको सबैलाई यही सन्देश छ ।

प्रहरीले जिल्ला भरी नै मास्क अभियान सञ्चालन गरेर सचेत गराइरहेको छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय दार्चुलाले बढी भिडभाड हुने क्षेत्र सदरमुकाम खलङ्गा बजारमा मास्क लगाए नलगाएको अनुगमन तथा मास्क वितरण गरेको छ ।

सोही क्रममा हिँडडुल गर्ने मानिस, पसले, सवारी चालक, सहचालक लगायतलाई मास्क वितरण गरी सचेत गराइएको छ ।

मास्क अभियान तस्विरमा हेर्नुहोस् :

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.