उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई  मिसाइल प्रहार

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको  छ ।  दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले  सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ ।

दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ ।

क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ ।  प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ । 

यस महिनाको सुरुमा,  उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइल सहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ ।