राष्ट्रिय सभा निर्वाचनमा विवेकशीलले मतदान नगर्ने

राष्ट्रिय सभा निर्वाचनमा विवेकशीलले मतदान नगर्ने

राष्ट्रिय सभा अन्तर्गत बुधबार हुने निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान प्रक्रियामा सहभागी नहुने जनाएको छ ।

मंगलबार काठमाडौंमा बसेको विवेकशील पार्टी संसदीय दलको बैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । विवेकशील साझाको वाग्मती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् ।

‘हामीलाई हाल उम्मेदवार रहेका कोही पनि ठीक लागेन । त्यसकारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हौं,’ सांसदीय दलका नेता रमेश पौड्यालले भने । विवेकशीलले अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।

पौडेलले निर्वाचन आयोगले ‘नो भोट’को व्यवस्था गर्न जरुरी रहेको समेत औंल्याए । ‘सर्वोच्च अदालतले २०७१ सालमै नो भोटको व्यवस्था गर्न आदेश दिइसकेको छ । नो भोटको व्यवस्था नभएका कारण हामी निर्वाचन प्रक्रियामै सहभागी नहुने भएका हौं,’ उनले भने ।