आज अन्तर्राष्ट्रिय भन्सार दिवस

आज अन्तर्राष्ट्रिय भन्सार दिवस

भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् । सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ । एक देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई बुझाउँछ । विश्वव्यापीकरण र विश्वव्यापीकरणको मुख्य मेरुदण्ड भनेकै भन्सार नै हो । एउटा देशबाट अर्को देशमा सामान लैजानका लागि भन्सारको प्रयोग हुन्छ 

हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । कोरोना सङ्क्रमणले सर्वाधिक धेरै प्रभाव गरेको एउटा पक्ष भन्सार हो ।  सङ्क्रमण जोखिमका कारण आयात निर्यातमा पनि जोखिम बढ्न थालेपछि वर्ष २०२२ को भन्सार दिवसको नारा नै Scaling up Customs Digital Transformation रहेको छ । डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउनु यस्तो नाराका रहेको छ । 

जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य  विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।