प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त

प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त

राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन ।

उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए । सांसद चौधरी चढेको  बा २ झ ३४४४ स्कारपिओ  कालाकाटे नजिक दुर्घटनामा परेको रिजालले बताए ।

उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाडमा नै गर्ने जनाएको छ।