नेपालमा पुरुषभन्दा महिला ६ लाख ९ हजारले बढी

नेपालमा पुरुषभन्दा महिला ६ लाख ९ हजारले बढी

नेपालको कुल जनसंख्यामा पुरुषकोभन्दा महिलाको संख्या ६ लाख बढी देखिएको छ। तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक तथ्यांक अनुसार महिलाको संख्या पुरुषको तुलनामा ६ लाख ९५८ बढी देखिएको हो।

जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९  महिलाको १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। जसअनुसार ६ लाख ९ हजार ८५८ ले महिलाको संख्या धेरै देखिएको हो।

कुल जनसंख्याको ४८.९६ प्रतिशत पुरुष र ५१.०४ प्रतिशत महिला रहेका छन्। नेपालको जनसंख्या १० वर्षमा २६ लाख ९७ हजारले बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।