राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने बताए । सबै प्रदेशमा अहिले मतदान जारी छ ।