राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा मतदान सकियो, ३ बजेदेखि मत गणना हुने

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा मतदान सकियो, ३ बजेदेखि मत गणना हुने

धनगढी । सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि भएको मतदान सकिएको छ । धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ दिउँसो ३ बजेदेखि मत गणना सुरु गर्ने तयारी छ ।

मतगणना पनि प्रदेशसभा परिसरभित्रै हुने भट्टले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।