मरिसससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा

मरिसससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा

मरिसससँग हुने दुई वटा मैत्रीपूर्ण फुटबलका लागि आज बुधवार नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानी दुई वटा खेलका लागि ३४ जनाको टोली घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

आउँदो शनिवार हुने पहिलो खेलका लागि किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई र सुजल श्रेष्ठ टाेलीमा परेका छन् । यस्तै मनिष डाँगी,अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुँजु र जगजित श्रेष्ठ टाेलीमा परेका छन् ।

यस्तै आउँदाे मङ्गलवार हुने दोस्रो खेलका लागि किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ र सुजल श्रेष्ठ रहेका छन् । यस्तै सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर,अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ टाेलीमा परेका छन् ।