सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र राष्ट्रिय सभा सदस्य निर्वाचित

सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र राष्ट्रिय सभा सदस्य निर्वाचित

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । मिश्रको प्रदेशसभातर्फ १८७२मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डिल्ली राज जोशीले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन् ।

यस अघि महिला तर्फ पनि एकीकृत समाजवादीकी गरिमा शाह र दलित तर्फ जगत पार्की निर्वाचित भइसकेका छन् । तीनै जना सत्ता गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन् ।