सामूहिक बलात्कार प्रकरणमा ९ जना पुर्पक्षका लागि जेल चलान

सामूहिक बलात्कार प्रकरणमा ९ जना पुर्पक्षका लागि जेल चलान

गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी  पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई  पुर्पक्षका लागि जेल चलान गरेको हो ।

जेल चलान हुनेमा मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद तथा अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा गोपालकुमार शिरीष रहेका छन् । यस्तै ३ जना होटल सञ्चालकसँग जनही ३ लाख धरौटी मागिएको छ । होटल सञ्चालकहरू जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणाचार्य पौडेलले ३—३ लाख धरौटी बुझाएका छन् ।