बुधबार सुदूरपश्चिममा थप ६१४ जनामा कोरोना पुष्टि

बुधबार सुदूरपश्चिममा थप ६१४ जनामा कोरोना पुष्टि

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ८५० नमुना परीक्षण गर्दा थप ६१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३६६ नमुना पिसिआर गर्दा २४९ जना र एक हजार ४८४ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६५ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा १०९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका १०४ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा २८ जना, गड्डाचौकी नाकामा ५४ जना, झुलाघाट नाकामा १७ जना र पुलघाट नाकामा पाँच जना गरी १०४ जनामा संक्रमण देखिएको हो ।