गुन्डागर्दी मा संलग्न रहँदै आएका सञ्जु सिंहको कुटाईबाट एक जना घाईते

गुन्डागर्दी मा संलग्न रहँदै आएका सञ्जु सिंहको कुटाईबाट एक जना घाईते

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका सञ्जु सिंहको कुटाइबाट सोही ठाउँका ४९ वर्षीय जनकबहादुर सिंह घाइते भएका छन । 

जनकको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरीले जानकारी दिनुभयो । उनीहरु दुबै जना चिनजानका साथी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनीहरु दुबै जना चिनजानकै भएको र खानपिनका क्रममा सञ्जुको कुटपिटबाट जनकबहादुर घाइते भएको एसपी चौधरीले जानकारी दिनुभयो । फरार सञ्ज सिंहको खोजी भइरहेको छ  

पीडित पक्षले भने विवाहबाट फर्किँदै गर्दा सञ्जुले ४ ५ जना मानिस लगाएर कुटेको बताएका छन । सञ्जुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको पीडित पक्षले बताएका छन । गुण्डागर्र्दीमा संलग्न रहँदै आएका सञ्जु यसअघि पक्राउ परेर छुटेका व्यक्ति भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका ेएसपी श्याम चौधरील जानकारी दिए ।