भतिजीको हत्याको आरोपमा एक जना पक्राउ

भतिजीको हत्याको आरोपमा एक जना पक्राउ

स्याङजामा आफ्नै भतिजीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका(७ पिपलछापका ३८ वर्षीय वासुदेव ढकाल रहेका छन् । 

प्रहरीका अनुसार ढकालले २७ महिनाकी भतिजी सुविनालाई जमिनमा पछारेका थिए । जमिनमा पछारिएपछि बेहोस भएकी सुविनाको उपचारको क्रममा पाल्पाको रामपुर अस्पतालमा मृत्यु भएको हो ।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।