निडर बन्दै कैलाली ट्राफिक ! धनगढीमा गाउँपालिकाको गाडीमा लगाइयो 'ह्विल लक'

निडर बन्दै कैलाली ट्राफिक ! धनगढीमा  गाउँपालिकाको गाडीमा लगाइयो 'ह्विल लक'

धनगढी । धनगढीमा ट्राफिक प्रहरीले एक गाउँपालिकाको गाडीमा 'ह्विल लक' गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको टोलीले बैतडीको सुर्नया गाउँपालिकाको से१झ २८७ गाडीमा 'ह्विल लक' गर्दै कारवाही गरेको हो ।

धनगढी ट्राफिक चौराहाको सडकमा अव्यवस्थित रुपमा पार्किङ गरी राखिको गाउँपालिकाको गाडीमा ट्राफिक प्रहरी 'ह्विल लक' लगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार सडकमा अव्यवस्थित रुपमा पार्किङ गरेको गाडीलाई कारवाही गरिएको हो ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाउने गरेको छ ।