बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा फेला

बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा फेला

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ बोजेनीमा एक दम्पती बन्द कोठमाभित्र मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेहरुमा ५२ वर्षीया पदम बहादुर थिङ र उनको श्रीमती ४५ वर्षीयाफुल कुमारी थिङ रहेका छन् ।

बुधबार राति खाना खाएर सुतेका उनीहरुले बिहान ढोका नखोलेपछि उनका छोरा सूर्य बहादुर थिङले ढोका फुटाएर हेरेका थिए । सो क्रममा बाबुआमा नै मृत अवस्थामा देखेपछि उनले महानगरीय प्रहरी वृत्त बौद्धमा खबर गरेका थिए ।

बौद्धबाट पुगेको प्रहरी टोलीले लास जाँच गरेको प्रहरीले जनाएको छ । साथै मुचुल्का उठाएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।