हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी

सार्वजनिक कार्यक्रममा ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीले जाहेरी परेको छ ।

पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् । नेता कर्णले मन्त्री यादवले साम्प्रदायिक द्धन्द्ध फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।

गत माघ ५ गते मन्त्री यादवले रौतहटमा बलिदानी दिवसमा आयोजित कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की समेत दिएकी थिइन् ।

उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै त्यसबारे खण्डन समेत गरिसकेकी छिन् ।