नेप्से उकालोमा, कतिको भयो कारोबार

नेप्से उकालोमा, कतिको भयो कारोबार

चार दिन लगातार घटेको सेयर बिहीबार बढेको छ। आज नेप्से परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ विन्दुमा पुगेको छ।

दिनभरमा २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ ३ पैसाको कारोबार भएको छ। 

कारोबार भएका कुल कम्पनीमध्ये ९० कम्पनीहरूको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, बाँकी १५ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ कम्पनीहरूको उपसूचक सकारात्मक देखिएका छन्। बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ। 

बिहीबार विन नेपाल लगु वित्तीय संस्था र बृद्ध भूमी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत बढेको छ। त्यस्तै, सिइडिबी हाइड्रोपावर कम्पनीको सेयर ८.७२ प्रतिशतले बढेको छ।  

नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहिबार नेसनल लाइफ  इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २० करोड २ लाख ६९७ रुपैयाँको कारोबार भएको हो।

यसपछि, एनटिसीको ११ करोड ४७ लाख २३ हजार ७३० रुपैयाँ, अपि पावरको ११ करोड १७ लाख ८१ हजार ९४८ रुपैयाँ ४० पैसा, शिखर इन्स्योरेन्स १० करोड ९९ लाख ३४ हजार २७१ रुपैयाँ ४० पैसा र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९ करोड २५ लाख ९४ हजार ७३५ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।