एक वर्षमा २ सय ९३ कुकुरहरूको सहारा बन्यो धनगढीको ‘स्ट्रिट पव्ज’

एक वर्षमा २ सय ९३ कुकुरहरूको सहारा बन्यो धनगढीको ‘स्ट्रिट पव्ज’

धनगढी । कैलालीको धनगढीमा रहेको ‘स्ट्रिट पव्ज’ नामक संस्थाले एक वर्षको अवधिमा २ सय ९३ व्यसहारा कुकुरहरूको उद्धार गरेको छ । धनगढी उप-महानगरपालिकाको वडा नंं.  ३ मा अवस्थित सो संस्थाले सडकमा चोटपटक लागेका तथा विभिन्न रोग लागेका अशक्त कुकुरहरूको उद्धार गरी सहारा दिइरहेको हो । 

नेपालमा मात्रै नभई अहिले कोरोना भाइरस कोभिड-१९ जस्तो सङ्क्रामक रोगका कारण विश्व नै आक्रान्त बनिरहेको छ । कोभिड महामारी सँग सामना गरिरहेको कैलाली लगायतका सुदूरका विभिन्न मुख्य सहरहरूमा भने वेसहारा अर्थात् छाडा कुकुरहरूका कारण दुर्घटना सँगै बौलाहा कुकुरले टोकेमा सर्ने सङ्क्रामक रेबिज रोग सर्न सक्ने जोखिम पनि उत्तिकै रहेको छ । 

यसै खतरालाई कम गर्न र स्वच्छ सफा धनगढी बनाउने कार्यमा सहयोग पुगोस् भन्ने ध्यले धनगढी ३ की रितिका गुरुङले आफ्नो व्यक्तिगत लगानी र सहयोगी दताहरुको सहयोगमा धनगढीका व्यसहारा कुकुरको सहारा बनिरहेकी छन् । 

विगत एक वर्ष देखी सडकको छेउमा रहेका कुकुरका बेवारिसे बच्चालाई एक/दुई गर्दा गर्दै घरमा लिएर राख्दै आएको  र अहिले धेरै हुने गरेको ‘स्ट्रिट पव्ज’ की संञ्चालीका रितिका गुरुङले बताउनु भएको छ  । कतिपय गाडिले किचेर, भिजेर, खाना नपाएका कुकुरका बच्चालाई आफ्नोमा लिने, खाना दिने भ्याक्सिनको जोहो गर्दा सुरुमा गाह्रो हुने गरेको र अहिले विभिन्न व्यक्तिहरूको सहयोग पाउँदा सहज भएको रितिकाको भनाई रहेको छ   । 

एक/एक गरेर ल्याउँदा पनि लगभग २ सय ९३ पुगेका थिए । ती मध्ये १ सय ७२ पाल्नको लागी लिनेहरूले लिए को, १ सय १० वटा विभिन्न कारणले मरेका र अहिले १५ भन्दा बढीलाई पालिरहेको उहाँले बताउनुभएको छ । 
 
त्यस्तै, कुकुर भनेपछि मान्छेको भन्दा पनि बढी माया लाग्ने रीतिकाकी आमा जानुका गुरुङको भनाई रहेको छ । उहाँले चोटपटक लागेका र खाना नपाएका कुकुरलाई खाना खुवाउने, औषधि गर्ने गरेको बताउनुभएको छ । 

आफूले सक्ने जति सरसफाइ गर्दा पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहने गरेको भए पनि कुकुरप्रति गर्ने मायामा कमी नआउने  जानुकाको भनाई रहेको छ । जसले कुकुरको बच्चालाई आफ्नो जस्तै माया गछर्न उनीहरूबाट सहयोग पाउँदा खुसी लाग्ने गरेको उहाँको भनाई छ । 

अहिले देश सङ्घीयतामा गइसके पश्चात् सरकार सङ्घीय, प्रदेश तथा स्थानीय संरचनामा रहेता पनि राज्य पक्षबाट भने सो प्रकारको कार्य गर्ने नाराहरू मात्रै सुन्न पाइरहेको बेला जनस्तर बाट व्यक्तिगत र सहयोगको भरमा बजारमा रहेका बेसहारा कुकुरहरूको व्यवस्थापनमा जुट्ने गुरुङ परिवारको सो कार्य सह्रानीय त छ,  नै उदाहरणीय पनि छ ।