सुदूरपश्चिममा थप २६९ जनामा कोरोना पुष्टि, २९९ जना निको

सुदूरपश्चिममा थप २६९ जनामा कोरोना पुष्टि, २९९ जना निको

धनगढी । शनिबार सुदूरपश्चिम प्रदेशमा थप २६९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार १६९ नमुना परीक्षण गर्दा थप २६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार २२८ नमुना पिसिआर गर्दा १२४ जना र ९९९ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा २९९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ३४ जना, गड्डाचौकी नाकामा ३८ जना र झुलाघाट नाकामा ९ जना गरी ८६ जनामा संक्रमण देखिएको हो ।