सोमबार सुदूरपश्चिममा थप ४१३ जनामा कोरोना पुष्टि

सोमबार सुदूरपश्चिममा थप ४१३ जनामा कोरोना पुष्टि

धनगढी । सोमबार सुदूरपश्चिम प्रदेशमा थप ४१३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ४४८ नमुना परीक्षण गर्दा थप ४१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३१२ नमुना पिसिआर गर्दा १४९ जना र एक हजार १३६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा १९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा १६ जना, गड्डाचौकी नाकामा २२ जना, झुलाघाट नाकामा ३ जना र पलुघाट नाकामा ५ जना गरी ४६ जनामा संक्रमण देखिएको हो ।