नेपालमा ५ हजार २९२ संक्रमित थपिए, ८ हजार १९१ डिस्चार्ज

नेपालमा ५ हजार २९२ संक्रमित थपिए, ८ हजार १९१ डिस्चार्ज

नेपालमा कोरोना संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । गएको २४ घण्टामा ५ हजार २९२ जना संक्रमित थपिएका छन् । यही अवधिमा ८ हजार १९१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १६ हजार ८८ नमूना परीक्षण गरिएको थियो । १० हजार ३ सय ६८ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४७२ र ५ हजार ७२० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज ८ जनाको मृत्यु भएको छ भने ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन् । हिजो ३ हजार ५४० जनामा संक्रमित थपिएका थिए भने ६ हजार ३५९ डिस्चार्ज भएका थिए । हिजो ३२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको थियो ।