दार्चुलामा भीडभाड हुने कार्यक्रम माघ मसान्तसम्म बन्द (आदेशसहित)

दार्चुलामा भीडभाड हुने कार्यक्रम माघ मसान्तसम्म बन्द (आदेशसहित)

दार्चुला । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी दार्चुला प्रशासनले मानिसहरुको भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले आदेश जारी गर्दै भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा मंगलवार जारी आदेशमा सबै प्रकारका भीडभाड हुने कार्यक्रम बन्द तथा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम जस्ता अन्य शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण विधिको माध्यमबाट संचालन गर्नुपर्ने उल्लेख छ ।

पूर्व निर्धारित परीक्षा वा जनशक्ति भर्नाका परीक्षाहरु जनस्वास्थ्यका मापदण्डहरुको पालना गरी संचालन गर्न भनिएको छ । त्यस्तै माघ २० देखि २३ गतेसम्म जिल्लाभरका विद्यालयहरुमा ९१२–१७० वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन विद्यालयहरुलाई व्यवस्था मिलाउन हुन आदेशमा जनाइएको छ ।

साथै अन्य गतिविधिहरुका लागि पुस २९ गते जारी गरिएको आदेश अनुसार नै हुने सूचित गरिएको छ ।

No description available.