सेती प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११८ नमुना परीक्षण गर्दा थप ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा दुईजना संक्रमित विरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । भने तीनजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा २२ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये सात जनाको आइसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।