सुदूरपश्चिम प्रदेशमा थप २०३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप २०३ जनामा कोरोना पुष्टि

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा थप २०३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ९६८ नमुना परीक्षण गर्दा थप २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार १३८ नमुना पिसिआर गर्दा ६७ जना र ८३० नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा १३६ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा ५३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा १८ जना, गड्डाचौकी नाकामा २३ जना, झुलाघाट नाकामा ४ जना र पलुघाट नाकामा एकजना गरी ४६ जनामा संक्रमण देखिएको हो ।